काठमाडौं– गोरखाको उत्तरी क्षेत्रमा बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले चुमनुब्री र धार्चे गाउँपालिकाका बस्तीमा ठूलो क्षति पु¥याएको छ । पछिल्लो तथ्यांक अनुसार चुमनुब्रीदेखि आरुघाटसम्म २०४ घर बगेका छन् भने सयौँ स्थानीय विस्थापित भएका छन् । ५ स्थानीय अझै सम्पर्कविहीन छन् ।
बाढीले झोलुङ्गे तथा सडक पुल, सडक, मनास्लु पदमार्ग, टेलिफोन टावर र विद्युत् पोलमा क्षति पु¥याएको छ ।
३४१ मेगावाटको निर्माणाधीन बुढीगण्डकी जलविद्युत् आयोजनासहित अन्य जलविद्युत् आयोजनाका क्याम्प, उपकरण र पहुँच संरचनामा समेत क्षति पुगेको छ ।
बाढीले क्षति पु¥याएका विद्युत् लाइन मर्मतपछि धार्चे गाउँपालिकाबाहेक अधिकांश प्रभावित क्षेत्रमा बिजुली पुनः सञ्चालनमा आएको ऊर्जा मन्त्रालयले जनाएको छ । धार्चे क्षेत्रमा विद्युत् सेवा पुनःस्थापनाको काम जारी रहेको बताइएको छ ।
घरबार गुमाएका स्थानीय सुरक्षित आश्रयको खोजीमा छन् ।
सडक तथा पैदलमार्ग अवरुद्ध हुँदा खाद्यान्न, औषधि र राहत सामग्री पु¥याउन कठिनाइ भएको छ । मनास्लु क्षेत्रका पर्यटकसमेत प्रभावित भएका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अनुसार १ हजार पर्यटक र सहयोगी उद्धारको प्रतीक्षामा रहेको विवरण सार्वजनिक भएको छ ।
नेपाली सेना, प्रहरी र स्थानीय तहले हेलिकोप्टर तथा स्थलमार्गबाट उद्धार र राहत कार्य जारी राखेका छन् । सडक, पुल, सञ्चार र विद्युत् संरचनाको मर्मत तथा पुनर्निर्माण मुख्य चुनौती बनेको छ । बाढीबाट भएको कुल भौतिक क्षतिको विवरण आउन बाँकी छ ।
बुढीगण्डकी क्षेत्रमा जनजीवन अझै प्रभावित छ । विद्युत् सेवा केही क्षेत्रमा फर्किए पनि आवागमन, सञ्चार, पर्यटक उद्धार र विस्थापित परिवारको पुनःस्थापनाका लागि तत्काल सहयोग आवश्यक देखिएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !