काठमाडौं– विजया दशमी २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई राजा ज्ञानेन्द्र शाहले शुक्रबार शुभकामना व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देश जारी गर्नु हुँदै राजा शाहले प्राकृतिक विपद्का कारण सर्वसाधारणले भोग्नुपरेको पीडा, देशको वर्तमान राजनीतिक अस्थिरता तथा खस्कँदो आर्थिक–सामाजिक अवस्थाप्रति गहिरो गम्भीर चिन्ता प्रकट गर्नु भएको हो ।
गएको भदौ १० गते भोटेकोशी त्रिशूली र हालै बूढीगण्डकी क्षेत्रमा आएको भीषण बाढी तथा अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै राजा शाहले शोकलाई शक्तिमा बदलेर अघि बढ्नुपर्ने बताउनु भएको छ । उहाँले भन्नु भयो,‘शोकलाई शक्तिमा र निराशालाई आशामा बदल्दै जीवनको यात्रा तय गर्नुपर्ने हाम्रो बाध्यता रहेको तथ्य सर्वविदित नै छ । जनताको पीडा नै सिङ्गो देश र राज्यको पनि साझा पीडा हो भन्ने मान्यताको जगमा उभिएको हाम्रो भूमिका आगामी दिनहरुमा पनि नेपाल र नेपालीको पक्षमा नै रही रहनेछ’, शुभकामना सन्देशमा भन्नु भएको छ ।
भीषण बाढीले पुर्याएको क्षतिग्रस्त भौतिक संरचनाको द्रुत पुनर्निर्माण र पीडितको तत्काल पुनस्र्थापनालाई प्रमुख प्राथमिकतामा राख्नुपर्नेमा उहाँले जोड दिनु भयो ।
बाह्य सहयोग लिँदा राष्ट्रिय स्वाभिमान र स्थानीय परम्परा जोगाउन कूटनीतिक सजगता अपनाउनुपर्ने राजा शाहले बताउनुभयो ।

टीका नलगाउने सर्वसाधारणलाई
यस वर्षको बडादसैं राजा शाहले सादगीपूर्वक मनाउने भएपछि विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गर्ने कार्यक्रम नरहेको निर्मल निवासस्थित संवाद सचिवालयले जनाएको छ ।
संवाद सचिवालयले जारी गरेको सूचनाअनुसार गत भदौ १० गते हिमपहिरोबाट आएको बाढी र असोजमा परेको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको तथा हजारौं मानिस विस्थापित भएको अवस्थालाई ध्यानमा राख्दै राजा शाहले यस वर्ष विजयादशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गर्ने कार्यक्रम नरहेको सचिवालयले जानकारी दिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल