काठमाडौं– सल्यान जिल्लामा स्क्रब टाइफस संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । संक्रमणका कारण बिरामी पर्ने तथा उपचारका क्रममा मृत्यु हुने घटना देखिएपछि स्वास्थ्य क्षेत्रमा चिन्ता बढाएको छ ।


सल्यानको दार्मा गाउँपालिका–४ का ६२ वर्षीय जितबहादुर मल्लको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भयो । उनलाई केही दिनअघि उच्च ज्वरो आउने, टाउको दुख्ने र शरीर दुख्ने जस्ता लक्षण देखिए । त्यसपछि उपचारका लागि नेपालगन्ज लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएपछि जिल्लामा स्क्रब टाइफस संक्रमणको जोखिमबारे झन् चासो बढेको छ । यसअघि जिल्लामा उक्त संक्रमणका कारण स्थानीयको मृत्यु भएको विवरण सार्वजनिक गरिएको थियो ।

स्क्रब टाइफसको लक्षण
स्क्रब टाइफस एक प्रकारको संक्रामक रोग हो । यो ओरिएन्सिया सुत्सुगामुसी नामक ब्याक्टेरियाका कारण लाग्छ । संक्रमित सानो किर्नाजस्तो परजीवी (चिगर माइट) को टोकाइबाट मानिसमा यो संक्रमण सर्छ ।
यो झाडी, घाँस तथा खेतबारीमा काम गर्ने क्रममा यसको जोखिम हुन सक्छ । संक्रमणपछि ज्वरो आउने, टाउको दुख्ने, शरीर तथा मांसपेशी दुख्ने, अत्यधिक थकान महसुस हुने र कतिपय अवस्थामा टोकेको ठाउँमा कालो दाग वा घाउ देखिन सक्छ ।
समयमै पहिचान र उपचार नभएमा यसले फोक्सो, मिर्गौला तथा अन्य अंगमा गम्भीर असर पु¥याउाछ । लक्षण देखिएमा छिटै स्वास्थ्य संस्थामा जाँच गराउनु पर्छ ।

संक्रमणबाट बच्ने उपाय
घाँस, झाडी तथा खेतबारीमा जाँदा शरीर ढाक्ने लुगा लगाउने, झाडी तथा घाँसमा अनावश्यक नबस्ने, घरवरपरको घाँस, झाडी तथा फोहोर व्यवस्थापन गरी सफा राख्ने, उच्च ज्वरो, टाउको दुख्ने वा शरीर दुख्ने लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जचाउनु पर्ने स्वास्थ्य विज्ञहरुले जनाएका छन् । र्ने।
सल्यानमा मृत्युको संख्या बढेकोसँगै स्थानीयले सरसफाइमा ध्यान दिनुका साथै संक्रमणका लक्षणबारे जानकारी राख्न थालेको बताइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल