काठमाडौं–ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा ऐतिहासिक जित निकाल्दै चौथो कार्यकालका लागि देशको राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
सन् २०२६ अक्टोबर २५ मा सम्पन्न दोस्रो चरणको (रन–अफ) निर्वाचनको परिणामअनुसार ८० वर्षीय लुलाले ५१ दशमलव ८ प्रतिशत मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी दक्षिणपन्थी सिनेटर लाभियो बोल्सोनारोले ४८ दशमलव २ प्रतिशत मत प्राप्त गरे । सिनेटर लाभियो ब्राजिलका पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका छोरा हुन् ।
यसअघि अक्टोबर ४ मा भएको पहिलो चरणको मतदानमा लाभियो बोल्सोनारोभन्दा पछि परेका लुलाले दोस्रो चरणमा पुनरागमन गर्दै जित सुनिश्चित गरेका हुन् ।
ब्राजिलमा सन् १९८८ मा लोकतन्त्र पुनर्बहाली भएयता पहिलो चरणमापछि परेको उम्मेदवारले दोस्रो चरणको निर्वाचन जितेको यो पहिलो ऐतिहासिक घटना हो । यो जितसँगै लुलाले सन् २०२७ देखि २०३० सम्म ब्राजिलको नेतृत्व सम्हाल्नेछन् । पराजित उम्मेदवार बोल्सोनारो पक्षले भने मतदान प्रक्रियामा असन्तुष्टि जनाउँदै निर्वाचन खारेजीको माग गर्ने संकेत गरेको छ ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !