काठमाडौ–अब नेपाली नागरिकता प्रतिलिपि लिन आफ्नै जिल्ला धाउन नपर्ने भएको छ । हालै जिल्ला प्रशासन कार्यालय काठमाडौले नागरिकताको प्रतिलिपि लिनुपर्ने अवस्थाका स्थानीयलाई सेवा सहज बनाउन यस्तो व्यवस्था गरेको जनाएको छ ।
नागरिकताको विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस) मा समावेश भएकोले नागरिकताको प्रतिलिपि प्राप्त गर्न सक्ने छन् भने अभिलेख नभेटिएको वा अभिलेखमा उल्लेख भएभन्दा फरक नाम, थर, जन्ममिति वा अन्य विवरण सच्याएर प्रतिलिपि लिन चाहने तथा पहिलो दृष्टिमै शंकास्पद नदेखिएकाले मात्र काठमाडौं उपत्यकाभित्रबाट प्रतिलिपि पाउने छन् ।

नागरिकता आगलागीमा परी नष्ट भएको, पानीले भिजेर काम नलाग्ने भएको, हराएको, नयाँ ढाँचामा आवश्यक परेको वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने अवस्थामा रहेका नागरिकले सम्बन्धित कार्यालयमा निवेदन दिन भनिएको छ ।
सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ अनुसार नागरिकताको प्रतिलिपि जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट लिन सकिने व्यवस्था गरिए अनुसार उक्त व्यवस्था गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले गृह मन्त्रालयको ९ कातिकको परिपत्रअनुसार काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकलाई सेवा प्रवाहको व्यवस्था मिलाइएको बताएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको विज्ञप्तिमा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाका सेवाग्राहीले सेवा लिन सक्नेछन् भने जिल्ला प्रशासन कार्यालय ललितपुरबाट कर्णाली र सुदूरपश्चिम प्रदेश रहेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट कोशी र मधेश प्रदेशका सेवाग्राहीले सेवा पाउने जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !