नुवाकोट–भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण विस्थापित भएका स्थानीयको पुनस्र्थापनामा संघीय सरकारले चरम ढिलासुस्ती गरेको भन्दै पीडितहरू आन्दोलित भएका छन् ।
सरकारको अनिर्णय र उदासीनताप्रति आक्रोश व्यक्त गर्दै प्रभावित क्षेत्रका बाढीपीडितहरूले आफ्नो हकहित र उचित व्यवस्थापनका लागि ३३ सदस्यीय संघर्ष समिति गठन गरेका छन् ।
नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका, तारकेश्वर र किस्पाङ गाउँपालिकाका बाढी प्रभावित स्थानीय मिलेर उक्त संयुक्त संघर्ष समिति गठन गरेका हुन् ।
विस्थापित भएको लामो समय बितिसक्दा पनि स्थायी पुनर्वास र राहतका विषयमा संघीय सरकारले कुनै ठोस कदम नचालेपछि दबाब सिर्जना गर्न समिति गठन गर्नुपरेको पीडितहरुले बताएका छन् ।
अस्थायी आश्रयस्थलमा बस्न निकै कष्टकर भइरहेको र हिउँद नजिकिँदै गर्दा पनि सरकारले पुनस्र्थापनाको योजना अघि नबढाएको भन्दै उनीहरूले आक्रोश पोखेका छन् ।
नवगठित संघर्ष समितिले पुनर्वासको माग गर्दै स्थानीय प्रशासन र सम्बन्धित निकायमार्फत सरकारलाई थप दबाब दिने र माग पूरा नभए आन्दोलनका थप कार्यक्रमहरू सार्वजनिक गर्ने बताइएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !