नुवाकोट– नुवाकोटको सूर्यगढीस्थित दुर्गम जंगल चिप्लेटी भीरमा एक शव फेला परेको छ । भीरमा घाँस काट्न गएका स्थानीयले एक पुरुषको शव देखेपछि तत्काल जनप्रतिनिधिलाई जानकारी गराएका थिए ।
घटनाको जानकारी पाउनासाथ स्थानीय जनप्रतिनिधि, ईलाका प्रहरी कार्यालय चोकदे र जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको इन्स्पेक्टर नेतृत्वको टोलीले जोखिम मोल्दै घटनास्थल पुगेर शव नियन्त्रणमा लिएको छ ।
भौगोलिक रुपमा विकट र भीर भएकाले लहराको सहारा लिँदै सुरक्षाकर्मी, स्थानीय, जनप्रतिनिधिहरु घटनास्थल पुगेका थिए ।
नागरिकताबाट खुल्यो पहिचान
प्रहरीले घटनास्थलको मुचुल्का उठाउने क्रममा मृतकको साथबाट फेला परेको नेपाली नागरिकताको प्रमाणपत्रको आधारमा शवको पहिचान भएको सूर्यगढीगाउापालिकाका अध्यक्ष सन्तबहादुर घलले जनाए । मृतक नुवाकोट ककनी गाउँपालिका वडा ४, जुरेथुमस्थित मानबहादुर लामाका छोरा रोशन लामा रहेको पुष्टि भएको छ ।
होल्डिङ सेन्टरबाट हराएका थिए लामा
मृतक रोशनका आफन्त (जुवाईं) महेन्द्र लामाका अनुसार रोशनको मानसिक सन्तुलन केही कमजोर रहेको जनाए । उनी कामको सिलसिलामा विदुर नगरपालिका वडा १० स्थित केराघारी होल्डिङ सेन्टरमा बसेका थिए । उनी गत असोज १० गते बिहानदेखि अचानक बेपत्ता भएका थिए । घटनाको प्रकृति र थप विवरणबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !