काठमाडौं– रसुवाका संविधानसभा सदस्य छोवाङ तेन्जिन तामाङको निधन भएको छ ।
नुवाकोट विदुरस्थित स्टार अस्पतालमा उपचारका क्रममा शनिबार उनको निधन भएको हो । २०७० सालको निर्वाचनमा उनी नेकपा एमालेबाट प्रतिनिधिसभामा समानुपातिक तर्फबाट सांसद बनेका थिए ।
नेकपा एमाले रसुवाको संस्थापक सदस्य रहेका तामाङ २०५४ सालमा धुन्चे गाविसको अध्यक्ष बनेका थिए । उनी एमालेको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय कमिटीको सल्लाहकार समिति सदस्य समेत रहेका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !