नुवाकोट–भोटेकोसी त्रिशूली नदीमा आएको विनासकारी बाढी र निरन्तर नदी कटानका कारण नुवाकोटको तारकेश्वर गाउँपालिका–४ स्थित दर्शनटारबस्ती उच्च जोखिममा परेको छ ।

त्रिशूली नदीको धार परिवर्तन हुँदै बस्ती र खेतीयोग्य जमिन कटान गर्न थालेपछि स्थानीय त्राससित छन् ।
त्रिशूली बेलकोटगढीनगरपालिका ७ र तारकेश्वर गाउँपालिका ४ बीच सिमा भई बग्ने गर्छ । उक्त नदीले तारकेश्वर ४ पट्टी बढी कटान गरेपछि दर्शनटार र आसपासका बस्तीका १०० भन्दा बढी घरधुरी जोखिममा परेका हुन् । स्थानीय प्रशासनले उक्त क्षेत्र नदीले कटान गरेका कारण बस्ती जोखिममा परेको जनाएको छ ।

त्रिशूली नदीको वहाव अझै तीव्र, धार परिवर्तन र निरन्तर कटानले गर्दा दर्शनटार तथा तारूकाघाट क्षेत्रका घरहरुमा क्षति पु¥याइसकेको छ । कतिपय घर आधा बगिसकेका छन् भने सोही आसपासका जग्गाजमिनसमेत कटानको चपेटामा परेका छन् ।

नदी कटानले गर्दा किनारमा रहेका घरपरिवारको जनधन सुरक्षामा चुनौती थपिएको छ । दर्शनटार क्षेत्रमा अहिलेसम्म कति घर पूर्ण रूपमा बगे, कति घरमा आंशिक क्षति पुग्यो र कति घर अझै उच्च जोखिममा छन् भन्ने आधिकारिक तथ्याङ्क बाहिर आएको छैन ।

नुवाकोटका विदुर, बेलकोटगढी, तारकेश्वर र किस्पाङ गाउँपालिकामा गरी बाढीबाट १ हजार ९५५ परिवारको आवासमा क्षति पुगेको बताइएको छ । यी नुवाकोटका ४ स्थानीयको तथ्याङ्क हो ।

स्थानीयले नदी कटान नियन्त्रण, जोखिममा रहेका परिवारको सुरक्षित स्थानान्तरण तथा क्षतिग्रस्त घरहरूको यथार्थ विवरण संकलन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
दर्शनटारका जोखिमयुक्त बस्तीको स्थलगत निरीक्षण गरी घरधुरीगत क्षतिको विवरण सार्वजनिक गर्नु, तत्काल सुरक्षित आवासको व्यवस्था गर्नु र दीर्घकालीन रूपमा नदी कटान नियन्त्रणका उपाय अपनाउनु स्थानीयको माग छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल