काठमाडौ– नेपालमा पश्चिमी वायुको प्रभावले मौसममा बदलिरहेको छ ।
अझै तीनदिन देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहने र केही स्थनमा हल्लाका वर्षा र हिमपातको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले तराई, उपत्यका र खोँचमा बिहानपख हुस्सु र कुहिरो लाग्न सक्ने भन्दै दैनिक जनजीवन, सडक र हवाई यातायात प्रभावित हुन सक्ने जनाएको छ ।
बुधबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिक बदली रहनेछ भने कोशी र गण्डकीका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ ।
बिहीबार कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । शुक्रबार र शनिबार पनि हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !