काठमाडौँ –तिहारको भाइटीकाको उत्तम साइत कातिक २५ गते बुधबार बिहान ११ बजेर ७ मिनेटमा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत साइत सार्वजनिक गर्दै टीका लगाउँदा दाजुभाइ पश्चिम फर्कनुपर्ने र दिदीबहिनीहरू पूर्व फर्केर टीका लगाइदिनुपर्ने समितिले जनाएको छ ।


यो वर्षको तिहार कार्तिक २० गते शुक्रबारदेखि सुरु हुनेछ । समितिका अनुसार कार्तिक २० गते शुक्रबार धनत्रयोदशी (धन्तेरस) तथा यमदीपदान गरिनेछ ।

त्यसैगरी, कार्तिक २१ गते शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइनेछ । कार्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार, लक्ष्मीपूजा तथा सुखरात्रि परेको छ ।

कार्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ भने कार्तिक २४ गते मंगलबार गोवर्धन पूजा, गोरूपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ ।

सोही दिन नेपाल संवत् ११४७ प्रारम्भ हुने पनि समितिले जनाएको छ ।
तिहारको अन्तिम दिन कार्तिक २५ गते बुधबार भाइटीका परेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल