काठमाडौं– नेपाली कांग्रेस नुवाकोटको नियमित अधिवेशन पक्षधर( देउवा समूह) ले तिहार, नेपाल संवत् भिन्तुना तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ।
शनिबार काठमाडौं महानगरपालिका–१६, वसन्तनगरस्थित नागार्जुन पार्टी प्यालेसमा आयोजित कार्यक्रममा कांग्रेस नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि कांग्रेस नेता डा। प्रकाशशरण महतसहित नेताहरु क्रमशः ध्रुव अधिकारी, नेतृ विन्दा अर्याल, श्रीराम श्रेष्ठ, गणेशमान तामाङ, र सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले, लिखुगाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
वक्ताहरूले चाडपर्वको शुभकामना व्यक्त गर्दै पार्टीभित्र देखिएका समस्या, भ्रम र चुनौतीलाई चिर्दै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा आपसी सद्भाव, सहकार्य र संगठनलाई थप सुदृढ बनाउने विषयमा समेत चर्चा गरिएको थियोभने तर नेता तथा लिखुगाउपालिका अध्यक्ष श्रेष्ठले भने कांग्रेस मिलेर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !