नुवाकोट – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० नुवाकोटको जिल्ला अधिवेशनबाट कुलबहादुर खड्गी जिल्ला अध्यक्षमा निर्वाचित भएका छन्। अधिवेशनमा खड्गीले १२५ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी विमल थापाले ७२ मत प्राप्त गरे भने १२ मत बदर भएको थियो।
अधिवेशनबाट जिल्ला कार्यसमिति सदस्यमा २२ जना निर्वाचित भएका छन्। प्राप्त मतका आधारमा महेश डंगोल र यशोदा दाहाल समान १२२ मतसहित सर्वाधिक मत प्राप्त गर्ने सदस्य बनेका छन्।
त्यस्तै, रामकुमार राई र बाबुराम राईले १२०, गोविन्द गिरीले ११५, रामप्रसाद अधिकारी र दीपेन्द्र पण्डितले ११३, यौवनप्रसाद अधिकारीले ११०, षडानन्द अर्यालले १०६ तथा विष्णुप्रसाद पाण्डेले १०५ मत प्राप्त गरेका छन्।
यसैगरी ईश्वरी ब। नगरकोटी, यज्ञराज केसी र कुमार घिसिङले १०२ मत, टीकामाया श्रेष्ठले ९७, चन्द्रबहादुर तामाङले ९५, अस्मिता परियारले ९३, शिवजंग भण्डारी र शर्मिला तामाङले ९०, रणप्रसाद न्यौपानेले ८४, दीपेश लामाले ८३, मिना थापाले ८० तथा राजाराम पाण्डेले ७३ मत प्राप्त गर्दै सदस्यमा निर्वाचित भएका छन्।
अधिवेशनबाट निर्वाचित अध्यक्ष खड्गी तथा सम्पूर्ण जिल्ला कार्यसमिति सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। पार्टी संगठनलाई थप सुदृढ बनाउँदै राष्ट्रवादी विचार र एजेन्डालाई अघि बढाउन नयाँ नेतृत्वले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !