नुवाकोट– हिन्दूहरुको दोस्राो महान चाड तिहार आउनासाथ नेपाली बजारमा उज्यालो मात्रै थपिँदैन, फूलहरुको विशेष रौनक तिहारलाई झपक्कै छोपे झै लाग्छ । अनि फूलको रौनकता एकदमै बढ्छ । स्थानीयका घरआँगनदेखि कार्यालय, मन्दिर, बजार, सडकसम्म सयपत्री र मखमलीका फूल र मालाले तिहारको छुट्टै पहिचान बनाउँछ ।

यो वर्षमा प्रयोग हुने सप्तरङ्गी टीका, देउसीभैलो र झिलिमिली बत्तीबीच फूलले तिहारलाई अझ आत्मीय र जीवन्त बनाउँछ । मनै फूरुङ हुन्छ ।
तिहारमा फूल सजावटको साधन मात्रै नभई, आस्था, परम्परा र आत्मीयता, शुभताको प्रतीक पनि हो । पूजा, आराधना, अतिथि सत्कार, टीका लगाउँदा प्रयोग हुने फूलले नेपाली संस्कृतिमा विशेष स्थान ओगटेको छ । सयपत्री र मखमलीका माला बिना तिहारको कल्पना अधुरो रहन्छ । फूल यसको सांस्कृतिक महत्वकै प्रतिबिम्ब हो ।

यही सांस्कृतिक आकर्षणले फूललाई अर्थतन्त्रसँग पनि जोडेको छ । यही तिहार पर्वमा नेपालमा वार्षिक ४ अर्ब रुपैयाँभन्दा बढीको पुष्प कारोबार हुने गरेको छ । तिहारजस्ता पर्वले फूलको माग बढाउँदै पुष्प व्यवसायलाई चलायमान बनाइरहेको छ ।

किसानका खेतबारीमा फुलेका फूलदेखि बजारमा बिक्री हुने मालासम्मको यात्राले फूललाई किसानको आम्दानी र व्यवसायीको कारोबारसँग जोडेको छ । तिहार केवल उज्यालो र रङको पर्वमा सीमित छैन, यो फूल, संस्कृति र अर्थतन्त्रको राम्रो संगम हो । यो पटक नेपाल सरकारले बाहिरबाट फूल आयातलाई प्रतिवन्ध लगाएको छ । नेपाली पुष्प व्यवसायलाई प्राथमिकतामा राखेको सरकारको भनाईरहेको बताइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल