नुवाकोट–चिसो बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै गतिशील अभियान नेपालले भोटेकोसी त्रिशूली बाढी प्रभावित परिवारलाई न्यानो राहत सहयोग हस्तान्तरण गरेको छ ।

शनिबार सूर्यगढी र लिखु गाउँपालिकाका ४७ बाढी प्रभावित परिवारलाई बेलायतमा रहेकी श्रीमती सबिना खेतानीसहित परिवारको सहयोगमा राहत सामग्री प्रदान गरिएको हो ।

राहत वितरण तथा सहयोग कार्यमा समन्वय र सहजीकरण गरिदिनुभएकोमा सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घले र लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठप्रति अभियानले आभार व्यक्त गरेको छ ।

गतिशील अभियान नेपालका अध्यक्ष रामजी पौडेलले चिसो मौसममा प्रभावित परिवारलाई थोरै भए पनि राहत र न्यानो अनुभूति दिलाउने उद्देश्यले सहयोग गरिएको बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल