नुवाकोट– विदुर नगरपालिका–९ खड्कथोक सडकमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
बा ९९ प ८२०२ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो ।
उक्त मोटरसाइकल सोमबार पौने ११ बजे भौरुमकोटबाट तल कोलनीतर्फ आउँदै गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक धादिङको खनियाबास गाउँपालिका–५ घर भई हाल विदुर नगरपालिका–९ बस्दै आएका ४७ वर्षीय बुद्धिमान तामाङ, विदुर नगरपालिका–१३ की ३१ वर्षीया बिन्दा थापा मगर र सोही ठाउँकी २७ वर्षीया सुनिता थापा मगरको मृत्यु भएको बताइएको छ ।
दुर्घटनामा घाइते भएका तीनै जनाको जिल्ला अस्पताल त्रिशूलीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !