काठमाडौं–हवाई यातायात नियन्त्रण प्रणालीमा प्राविधिक समस्या देखिएपछि अमेरिकाभरका विमान उडानमा अस्थायी रोक लगाइएको छ । अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले हवाई सुरक्षालाई ध्यानमा राख्दै शुक्रबार उडान रोक्ने निर्णय गरेको थियो ।


दूरसञ्चार प्रणालीमा आएको गडबडीका कारण हवाई यातायात व्यवस्थापनमा समस्या उत्पन्न भएको बताइएको छ । त्यसभएपछि उडान रोक्नुपरेको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।

उक्त प्रणालीमा समस्या आएपछि हजारौँ उडान प्रभावित भएका थिए । । त्यस्तै धेरै यात्रु यात्रा गर्न नपाउँदा विमानस्थलमै अलपत्र परेका थिए । प्राविधिक समस्या समाधान गर्न ५ घण्टा लाग्यो । त्यसपछि मात्र उडान प्रतिबन्ध हटाइएको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

अमेरिकी अधिकारीहरूका अनुसार प्रारम्भिक अनुसन्धानमा आतंकवादी गतिविधि वा साइबर हमलाको संकेत आशंका गरिएपनि त्यसको चुरो समस्या भेटिएको छैन ।

पुनः उडान सेवा सुचारु भएपनि प्रभावित उडानलाई नियमित अवस्थामा फर्काउन भने समय लागेको बताइएको छ ।
अहिले भने अमेरिकामा प्राविधिक समस्याका कारण रोक लगाइएका सबै उडानमाथिको प्रतिबन्ध हटाइसकिएको बताइएको छ । अमेरिकी

यातायातमन्त्री सिन डफीले देशभरका विमानस्थलमा लगाइएको त्यो उडान प्रतिबन्ध हटाइएको जानकारी दिइसकिएको बताएका छन् ।
यसअघि ह्वाइट हाउसका अधिकारीहरूले हवाई ट्राफिक नियन्त्रण प्रणालीमा सञ्चारसम्बन्धी समस्या देखिएपछि अमेरिकाभर उडान रोक्नुपरेको जनाएका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल