काठमाडौं–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङ बीच अर्को साता चीनमा त्रिपक्षीय शिखर वार्ता हुने भएको छ ।


शुक्रबार तीन नेताबीच चीनको सेन्जेनमा हुने भेटवार्ताको पुष्टि ह्वाइट हाउसले गरेको हो ।
एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको अवसर पारेर आगामी बिहीबार तीन नेताबीच छलफल हुने बताइएको छ ।

विश्वका प्रमुख आणविक शक्तिबीच हतियार नियन्त्रण र आणविक अस्त्र कटौतीको विषय वार्ताको प्राथमिकता पाउने अपेक्षा गरिएको छ । त्यसमा इरान युद्धलगायत अन्तर्राष्ट्रिय सुरक्षा र शक्ति सन्तुलनका विषयमा पनि छलफल हुने बताइएको छ ।

तीन शक्तिशाली राष्ट्रका नेताहरू एकै ठाउँमा बसेर छलफल गर्न लागेकाले यो वार्तालाई अन्तर्राष्ट्रिय राजनीतिका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ । तर तत्कालै ठोस सहमति हुने अपेक्षा त्यति नरहेको अमेरिकी अधिकारीहरूले जनाएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल