नुवाकोट–श्रद्धा, आस्था र उल्लासका साथ छठ पर्व मनाइएर सम्पन्न भएको छ । सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेसँगै छठ सम्पन्न भएको छ ।
व्रतालुहरूले जलाशयमा पुगेर सूर्यदेव र छठी माताको पूजा आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन् ।
छठको अवसरमा काठमाडौंका थापाथली, बालाजुको बाइसधारा, कमलपोखरी, रानीपोखरी, गौरीघाट, टेकु तथा पशुपति क्षेत्रस्थित बागमती नदी किनारमा आइतबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै पूजा गरिएको थियो । त्यसको भोलिपल्ट सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि चार दिनसम्म चल्ने पर्व विधिपूर्वक सम्पन्न भएको हो । तराई–मधेशमा विशेष महत्वका साथ मनाइने छठ पछिल्लो समय काठमाडौं उपत्यकामा पनि लोकप्रिय बन्दै गएको छ । रोजगारी, व्यवसाय तथा अन्य सिलसिलामा राजधानी लगायत आफ्नो अस्थायी बसोबास गरेकै स्थानमा भेला भई जलाशय सामूहिक रूपमा पर्व मनाएका थिए ।
प्रकृति र मानवबीचको आत्मीय सम्बन्ध झल्काउने छठमा बाँसका सुपा, नाङ्लो र डालोमा केरा, नरिवल, उखु, ठकुवा, भुसुवा लगायतका प्रसाद सजाएर सूर्यदेवलाई अर्पण गर्ने परम्परा छ।
कठोर व्रत, शुद्धता र पवित्रतालाई विशेष महत्व दिइने यस पर्वले धार्मिक आस्थासँगै सामाजिक एकता, सद्भाव र सांस्कृतिक सहअस्तित्वको सन्देशसमेत प्रवाह गर्दै आएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !