नुवाकोट – इण्डियाको आन्ध्र प्रदेशतर्फ अघि बढिरहेको शक्तिशाली अकवान चक्रवातका कारण नेपालमा तत्काल भारी वर्षा हुने सम्भावना नरहेको मौसमविद्हरूले बताएका छन् ।

बंगालको खाडीमा विकसित चक्रवात उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेको छ । इण्डियन मौसम विभागका अनुसार नोभेम्बर २० (मंसिर ४ गते) मा आन्ध्र प्रदेशको नेल्लोरदेखि विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा पुग्ने अनुमान छ ।

चक्रवातका कारण इण्डियाको आन्ध्र प्रदेश र ओडिशामा भारीदेखि अत्यधिक भारी वर्षाको चेतावनी जारी गरिसकिएको छ ।
नेपालमा भने यो चक्रपात्को प्रत्यक्ष प्रभाव पर्ने सम्भावना कम देखिएको जल तथा मौसम विभागले जनाएको छ ।
आगामी आइतबार र सोमबार(६ र ७ गते) पूर्वी नेपालका केही स्थानमा हल्का वर्षा हुन सक्ने रहेको तर भारी वर्षाको स्पष्ट संकेत नदेखिएको बताइएको छ ।

यसअघि बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीले नेपालमा उल्लेख्य वर्षा गराउने सम्भावना नरहेको मौसमविद्हरूले बताएका थिए ।
मौसमको अवस्था परिवर्तन हुन सक्ने भएकाले नेपाल र इण्डियाका मौसम विभागले जारी गर्ने पछिल्ला बुलेटिनअनुसार यसको प्रभावबारे थप स्पष्ट हुने बताइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल