नुवाकोट–कृत्रिम बौद्धिकता (एआई) को तीव्र विकाससँगै बदलिँदो सञ्चार क्षेत्रमा पत्रकारहरूलाई प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउने उद्देश्यले ललितपुरमा आयोजित तीनदिने विशेष कार्यशाला शुक्रबार सम्पन्न भएको छ ।


सञ्चार रजिस्ट्रार कार्यालय, बागमती प्रदेशको आयोजनामा जावलाखेलमा सञ्चालित ‘पत्रकारितामा एआईको उपयोग’ विषयक कार्यशालामा प्रदेशका २५ भन्दा बढी क्रियाशील सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

पत्रकारितामा प्रविधिको प्रयोग बढ्दै गएको वर्तमान अवस्थामा समाचार उत्पादनलाई छिटो, प्रभावकारी र तथ्यपरक बनाउनुका साथै समाचारको विश्वसनीयता कायम राख्ने व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो ।
समापन समारोहलाई सम्बोधन गर्दै बागमती प्रदेशको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका सचिव महेश भट्टराईले आधुनिक प्रविधिको उच्चतम प्रयोगसँगै पत्रकारिताको आधारभूत गुणस्तर र विश्वसनीयता कायम राख्नु आजको मुख्य चुनौती र आवश्यकता रहेको बताए ।
कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिस्ट्रार रेवती सापकोटाले एआईलाई पत्रकारको विकल्पका रूपमा नभई कामलाई सहज र प्रभावकारी बनाउने सहयोगी औजारका रूपमा लिनुपर्नेमा जोड दिए ।

“एआईले पत्रकारलाई चलाउने होइन, बरु पत्रकारले एआईलाई आफ्नो विवेकले चलाउन सक्नुपर्छ,” उनले भने, “प्रविधिको सदुपयोगसँगै यसको दुरुपयोगबाट निम्तिन सक्ने जोखिम र भ्रामक सूचनाप्रति सञ्चारकर्मीहरू सधैँ सचेत रहनुपर्छ ।”
तीनदिने कार्यशालामा गोरखापत्र दैनिकका सहसम्पादक अजय शर्मा र ‘अडियो भिजुअल इन्डलेस सोलुसन’ का अध्यक्ष एवं वरिष्ठ दृश्य

सम्पादक शिव पुरीले मुख्य प्रशिक्षकका रूपमा सहजीकरण गरेका थिए । प्रशिक्षकद्वयले एआईको व्यावहारिक प्रयोग, समाचार तथा अन्य सामग्री निर्माण र यससम्बन्धी नीतिगत एवं व्यावसायिक आचारसंहिताका विविध पक्षमा प्रशिक्षण दिएका थिए ।

कार्यशालाको पहिलो दिन एआई प्रविधि र वर्तमान डिजिटल उपकरणहरूको परिचय दिँदै एआईबाट सही र सटीक नतिजा प्राप्त गर्न प्रभावकारी ‘प्रम्प्ट’ लेख्ने तरिकाबारे प्रशिक्षण दिइएको थियो ।

त्यसैगरी,दोस्रो दिन एआईको सहायताले तथ्यमा आधारित समाचार लेखन, समाचार बुलेटिन तयारी तथा रिपोर्टिङमा प्रविधिको प्रयोगबारे अभ्यास गराइएको थियो ।

त्यसैगरी, भ्वाइसओभर, अडियो प्रशोधन, सङ्गीत तथा प्रोमो निर्माणका साथै तथ्य जाँच फ्याक्ट चेकिङ) र कृत्रिम रूपमा तयार पारिएका भ्रामक दृश्य तथा आवाज (डिपफेक) पहिचान गर्ने व्यावहारिक सीप सिकाइएको थियो ।
कार्यशालाको तेस्रो तथा अन्तिम दिन दृश्यसामग्री उत्पादनका लागि आवश्यक क्यामेरा सञ्चालन, फ्रेम, रिजोलुसन र ध्वनि समायोजनबारे

प्रशिक्षण दिइएको थियो । साथै, आधुनिक एआई उपकरणको प्रयोगबाट फोटो तथा भिडियो सम्पादन गर्ने र एआईबाट सिर्जना गरिएका दृश्य तथा तस्बिरको वास्तविकता परीक्षण एवं प्रमाणीकरण गर्ने अभ्यास गराइएको थियो ।

पत्रकारहरूलाई बदलिँदो प्रविधिसँग परिचित गराउनुका साथै समाचार संकलन, लेखन, सम्पादन तथा दृश्य सामग्री उत्पादनमा एआईको जिम्मेवार र प्रभावकारी प्रयोग गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल