नुवाकोट– विश्वकै विकसित र समृद्ध क्षेत्र मानिने युरोपमा आर्थिक विकाससँगै नागरिकको जीवनस्तर, युवा पुस्ताको भविष्य र सामाजिक सुरक्षालाई प्राथमिकता दिनुपर्ने बहस तीव्र बन्दै गएको छ ।


नोभेम्बर २० र २१ (मंसिर ४ र ५ गते) मा पोर्चुगल, फ्रान्स, इटाली, जर्मनी, स्पेन, बेलायतलगायत २० भन्दा बढी युरोपेली देशमा युवा तथा श्रमिकहरूले विभिन्न कार्यक्रम र प्रदर्शनमार्फत आफ्ना अपेक्षा सार्वजनिक गरेका छन् ।

यो पटक युरोपका विभिन्न देशमा देखिएका गतिविधिमा राजनीतिक विषयभन्दा पनि नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका मुद्दाले प्राथमिकता पाएका छन् । उचित पारिश्रमिक, सुलभ आवास, गुणस्तरीय शिक्षा, रोजगारीका अवसर, स्वास्थ्य सेवा तथा सामाजिक सुरक्षालाई उनीहरूले प्रमुख सरोकारका रूपमा उठाएका छन् ।

पोर्चुगलको राजधानी लिस्बनमा श्रमिकहरूले बढ्दो घरभाडा, खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण र पारिश्रमिक वृद्धिको माग गरेका छन् । त्यसैगरी, इटालीका १०० भन्दा बढी सहरमा श्रमिक तथा विद्यार्थीहरूले शिक्षा, स्वास्थ्य र सार्वजनिक सेवामा लगानी बढाउनुपर्ने आवाज उठाएका छन् ।

जर्मनीमा युवा पुस्ताले शिक्षामा थप लगानी, रोजगारीका अवसर र सुरक्षित भविष्यलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन् । क्रोएसिया र अस्ट्रियामा पनि विद्यार्थी तथा युवाहरूले शिक्षा, आवास र सामाजिक सेवासम्बन्धी विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
युरोपका विभिन्न देशमा देखिएका यी गतिविधिले आर्थिक विकाससँगै नागरिकको वास्तविक जीवनस्तरमा सुधार ल्याउनु उत्तिकै महत्वपूर्ण रहेको सन्देश दिएका छन् ।

विशेषगरी नयाँ पुस्ताले विकासलाई सडक, भवन, प्रविधि र राष्ट्रिय आम्दानीमा मात्र सीमित नराखी सहज आवास, गुणस्तरीय शिक्षा, सम्मानजनक रोजगारी र सुरक्षित भविष्यसँग जोडेर हेर्न थालिसकेको देखिन्छ ।

युरोपेली समाजमा देखिएको यो बदलिँदो अपेक्षाले विकासको अर्को महत्वपूर्ण पक्षसमेत उजागर गरेको छ । समृद्धि त्यतिबेला मात्र सार्थक हुन्छ, जतिबेला त्यसको लाभ आमनागरिकले आफ्नो दैनिक जीवनमा अनुभूति गर्न पाउँछन् ।
एजेन्सीको सहयोगमा

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल