नुवाकोट –कानुनले जातीय छुवाछुत र विभेदलाई दण्डनीय अपराध माने पनि नेपाली समाजमा यसको अवशेष अझै हट्न सकेको छैन ।
यही सामाजिक यथार्थ र जातीय विभेदविरुद्धको सन्देशलाई मुख्य कथावस्तु बनाएर निर्माण हुन लागेको फिचर चलचित्र ‘रुद्राक्ष’को शुभमुहूर्त गरिएको छ । चलचित्रमा समावेश ‘तिमी र म’ बोलको गीत पनि आइतबार सार्वजनिक गरिएको छ ।


सामाजिक विकृति, विसङ्गति र जातीय विभेदका विविध पक्षलाई चलचित्रको माध्यमबाट उजागर गर्ने उद्देश्यले ‘रुद्राक्ष’ निर्माण गर्न लागिएको हो । मनोरञ्जनसँगै समाजलाई सकारात्मक सन्देश दिने लक्ष्य राखिएको चलचित्रमा द्वन्द्व र एक्सनका दृश्यसमेत पर्याप्त रहने निर्माण पक्षले जनाएको छ ।

अमन खानको कथावस्तुमा आधारित चलचित्रलाई नवीन घिमिरेले निर्देशन गर्दैछन् । चलचित्रको छायांकनको जिम्मेवारी उपेन्द्र लोहारले सम्हाल्नेछन् ।

चलचित्रमा अमन खान, कविता परियार, नवीन घिमिरे, युसुफ खान, दामोदर ढकाल, अधिवक्ता रामेश्वर भण्डारी, मीरा अधिकारी, सुनिता महत, अञ्जिता बस्नेत र सविना खड्कालगायतका कलाकारको अभिनय रहनेछ ।
निर्देशक नवीन घिमिरेका अनुसार चलचित्रको छायांकन आगामी मंसिर २७ गतेदेखि सुरु हुनेछ । काठमाडौं तथा आसपासका विभिन्न स्थानमा छायांकन गर्ने तयारी निर्माण पक्षले गरेको छ ।

चलचित्रको शुभमुहूर्तसँगै सार्वजनिक गरिएको ‘तिमी र म’ गीतलाई पनि निर्माण पक्षले चलचित्रको महत्वपूर्ण आकर्षणका रूपमा लिएको छ । गीत सार्वजनिक भएसँगै चलचित्र निर्माणको औपचारिक प्रक्रिया अघि बढेको हो ।
जातीय विभेदजस्तो संवेदनशील सामाजिक विषयलाई मनोरञ्जनात्मक प्रस्तुतिसँग जोडेर दर्शकमाझ ल्याउने तयारी गरिएको ‘रुद्राक्ष’ले समाजमा

विद्यमान विभेदविरुद्ध आवाज उठाउनुका साथै सामाजिक चेतना अभिवृद्धिमा योगदान पु¥याउने अपेक्षा लिएको रुद्राक्ष नेपाली र हिन्दी भाषामा रहने बताइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल