नुवाकोट– पत्रकारहरूमाथि भइरहेको सामूहिक गिरफ्तारी र धरपकडको विरोधमा नेपाल पत्रकार महासंघको नुवाकोट जिल्ला शाखाले बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ ।
केन्द्रीय महासङ्घको पूर्वकार्यक्रमअनुसार आज देशभर एकसाथ विरोध कार्यक्रम आयोजना भएको छ ।
‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानर बोकेर प्रदर्शन गर्दै पत्रकारहरूले जिल्ला प्रशासन कार्यालयअगाडि बसेर धर्ना दिएका हुन् । उनीहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको हमला तत्काल रोक्न सरकार र सम्बन्धित निकायसँग माग गरेका छन्।
महासङ्घले समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गरेर प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने प्रयास, सञ्चारमाध्यमअगाडि अनधिकृत रूपमा गाडी तेस्र्याउने
कार्यमा कारबाही नहुनु, श्रम अधिकारको उल्लंघन हुनुजस्ता विषयलाई उनीहरूले प्रमुख समस्याका रूपमा उठाएका छन्।
यस्तै, लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले पाउनुपर्ने रकम प्रेस काउन्सिलको सिफारिस बमोजिम उपलब्ध नगराइएकोमा पनि असन्तुष्टि व्यक्त गरिएको छ।
विरोध कार्यक्रममा जिल्लाका क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।आगामी कार्यक्रम मंसिर १३ गतेबाट सुरु गर्ने महासंघले जनाएको छ ।
साभारः डबलीखबर
ताजा समाचार
लोकप्रिय
© 2026, All right reserved to Raja Times – News from Nepal
Site by: Trishuli Web












कुनै पनि प्रतिक्रिया पाईएन !