नुवाकोट–दुग्ध उत्पादक किसानले दूधको खरिद मूल्य बढाउन सरकारमाथि दबाब बढाएका छन् । उत्पादन लागत निरन्तर बढे पनि लामो समयदेखि दूधको मूल्य समायोजन नभएको भन्दै किसानले प्रतिलिटर ६५ रुपैयाँबाट बढाएर ७५ देखि ८० रुपैयाँसम्म कायम गर्न माग गरेका छन् ।


चितवन, धनकुटा, कास्की लगायत जिल्लाका दुग्ध उत्पादक किसान, सहकारी तथा डेरी क्षेत्रले दूधको मूल्य पुनरावलोकन गर्न सरकारसँग आग्रह गरेका हुन् ।

नेपाल डेरी उद्योग संघले यसअघि दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव गरेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले उत्पादन लागत, मुद्रास्फीति तथा अन्य प्राविधिक पक्ष अध्ययन गरी मूल्य निर्धारण गरिने जनाएको छ । किसानका अनुसार गाईभैँसीको दाना, चोकर, घाँस, औषधि, मिहिनेत तथा ढुवानी खर्च बढ्दै गएको छ भने दूधको खरिद मूल्य लामो समयदेखि स्थिर रहँदा उत्पादन लागत धान्न कठिन भएको बताइएको छ ।

कास्कीका दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नवराज बरालका अनुसार पशु आहारको मूल्य बढेकाले दूध उत्पादन लागत उच्च भएको, दूधको मूल्य नबढ्दा किसान घाटामा जानुपर्ने अवस्था आएको बताए ।

चितवनका किसानले पनि दूधको मूल्य प्रतिलिटर ६५ रुपैयाँबाट बढाएर ७५ रुपैयाँ कायम गर्न माग गरेका छन् । चितवनमा दैनिक ३ लाख ५५ हजार लिटर दूधको ठूलो हिस्सा अन्य जिल्लामा आपूर्ति हुने बताइएको छ ।
पोखरा–लेखनाथका दुग्ध किसान त्रिलोचन लामिछानेले दूधको मूल्य ३ वर्षदेखि नबढेको र दाना तथा चोकरको लागत २५ प्रतिशतभन्दा बढी बढेको बताएका छन् ।

“दाना र चोकरको भाउ बढिरहेको छ, उनलेभने,तर दूधको मूल्य तीन वर्षदेखि यथावत् छ । यस्तो अवस्थामा किसानले कसरी व्यवसाय टिकाउन सक्छन्, नभए पशुपालन छाड्नुपर्ने अवस्था आउन सक्छ । ” ।
धनकुटाकी किसान कृष्णमाया कटुवालले किसानले प्रतिलिटर ५० देखि ५५ रुपैयाँ मात्रै पाउने गरेको बताउँछन् । जबकि बजारमा दूध प्रतिलिटर

१२० रुपैयाँमा बिक्री हुने गरेको बताइन् । दूध बिक्रीबाट प्राप्त रकमले दाना र पशु उपचार खर्चसमेत धान्न कठिन हुँदै गएको बताइन् ।
दुध उत्पादन गर्ने किसानले मूल्य समायोजना नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । कास्कीका किसानले माग सम्बोधन नभए मंसिर १६ गतेदेखि आन्दोलन सुरु गर्ने बताइसकेका छन् ।

दूधको मूल्य समायोजन हुन नसके किसान पशुपालनबाट पलायन हुने अवस्था आउने बताइएको छ । दूध उत्पादन तथा ग्रामीण अर्थतन्त्रमा असर पार्ने दुग्ध उत्पादकहरूको चेतावनी दिएका छन् ।

वार्षिक २७ लाख मेट्रिक टन दूध उत्पादन
आर्थिक वर्ष २०८१÷८२ मा २७ लाख १८ हजार मेट्रिक टन दूध उत्पादन हुने गरेको सरकारी तथ्याङ्क छ ।
दूधको खरिद–बिक्रीमार्फत वार्षिक करिब २८ अर्ब रुपैयाँ ग्रामीण क्षेत्रमा प्रवाह हुने बताइएको छ ।

एजेन्सीको सहयोगमा ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सूर्यगढी गाउँपालिका-५, माछापोखरी, नुवाकोट
फोन: ९८४०-१८२५९९
इमेल: rajatimes977@gmail.com
कम्पनी दर्ता नं. २६६४२७/०८७/०७९
सुचना बिभाग दर्ता नं.

हाम्रो टिम

सम्पादक: सञ्जिव ढुङ्गेल